लोकप्रिय गायक भागिरथ चलाउनेको तीज गीत सार्वजनिक, दर्शक स्रोताबाट प्रशंसा पाउँदै (भिडियो सहित)

काठमाडौँ – युवा पुस्तामा लोकप्रिय सर्जक तथा गायक भागिरथ चलाउनेको यस वर्षको तीज गीत भर्खरै सार्वजनिक भएको छ। थोरै तर उत्कृष्ट गीतहरू सार्वजनिक गर्ने चलाउनेका यसअघिका तीज गीतहरू समेत दर्शकले निकै मन पराएका थिए।

माया प्रेमलाई विषय बनाएर तयार पारिएको "गुलेलीले जुरेलिलाई" बोलको सो गीतमा भागिरथकै लय तथा शब्द सिर्जना रहेको छ भने उनलाई आवाजमा सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन्।

चलाउने गीतको म्युजिक भिडियोमा समेत देखिएका छन् भने उनलाई अभिनयमा अनिशा ओलीले साथ दिएकी छन्। गीतलाई विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् भने सुनीक विकले निर्देशन गरेका छन्।

 

प्रतिक्रिया