काठमाडौंँ - नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई सर्वासाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न जेठ २७ गते अनुमति प्रदान गरेको हो ।
त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २६ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई हाल कायम ३१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।
आईपीओ निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।