निजी सवारीमा जोर बिजोर नियम हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।

आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालले जानकारी दिए । 

साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया