बाटो बनाउँदा डोजर पुरियो, ३ जना बेपत्ता

काठमाण्डौ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएका छन् । प्रहरी र स्थानियले अहिले खोजीकार्य जारी राखेका छन । 


काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका जानकाराी दिएको छ । बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानीयका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ । 


 

प्रतिक्रिया