रवि लामिछानेको मन्त्री र सांसद पद खारेज

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष साथै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद बारे आज फैसला आएको छ ।  सर्वोच्चले उनको मन्त्री र सांसद पद अयोग्य रहेको फैसला गरेको छ । 

संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरू आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि मुद्दाको सुनुवाइ भएको थियो ।

 

प्रतिक्रिया