काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २६३४ विन्दुमा पुगेको छ । गत बुधबार अन्तिम कारोबार भएको बजार दोहोरो अङ्कले घटेको थियो ।
बिहीबार सार्वजनिक बिदा भएका कारण शेयर बजार बन्द भएको थियो भने आज आइतबार मात्र बजार खुलेको हो । २१ कम्पनीहरूको १७ लाख भन्दा धेरैको शेयर किनबेच हुँदा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको मात्र घटेको छ । त्यस्तै बाँकी कम्पनीहरूको शेयर मूल्य यथावत रहेको छ ।
आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेर कारोबार हुँदा जीवक विकास लघुवित्तको शेयर धेरै मूल्यको किनबेच भएको छ । अघिल्लो साताको तुलनामा यो साता पनि बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।