काठमाण्डौ । नक्सा पास गरे भन्दा फरक तवरले घरको प्रयोग गरेपछि कारवाही गरिरहेको महानगरको सक्रियता पछि राहदानी विभागले अबदेखि पार्किङ बेसमेन्ट मै गर्न दिने भएको छ ।
शुक्रवार नगरपालिकाको टिमले पार्किङमा राखिएका कुर्ची हटाएर पार्किङ गर्न प्रयोग हुनु पर्ने बताएको थियो । योसँगै त्रिपुरेश्वरस्थित राहदानी विभागले पार्किङ सेवाग्राहीका लागि खुला गरेको सूचना जारी गरेको छ ।
विभागले शुक्रबार सूचना प्रकाशित गरी आइतबारदेखि पार्किङ खुला गरिने जानकारी दिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको एक्सनपछि विभागले सेवाग्राहीका लागिपनि पार्किङ खुलाएको हो ।
काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वमा पुगेको टोलीले विभागले अटेरी गरेपछि पार्किङमा राखिएका कुर्सीसहितका सामान हटाएर खाली गरेको हो।