९१ हजारले शेयर पाउने आइपीओमा २० लाखको आवेदन

काठमाडौं - नेपालमा अझै पनि आइपीओमा धेरैको आकर्षण रहेको छ ।  अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब २४ गुणा बढी आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ ।

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय