अब साइबर क्राइम र चेक बाउन्सकाे मुद्दा हेर्ने जिम्मा जिल्ला अदालतलाई

साइबर क्राइम र चेक बाउन्स मुद्दाको हेर्ने जिम्मा निश्चित अदालतमा रहेको भन्दै सेवाग्राहीले गुनासो गर्न थालेपछि सरकारले सो प्रकृतिका मुद्दा हेर्न सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको छ।

हालै बसेकाे मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको हो। यसअघि उक्त मुद्दा हेर्ने जिम्मा उच्च, सर्वोच्चका साथै सरकारले तोकेका निश्चित जिल्ला अदालतलाई मात्रै थियो।

प्रतिक्रिया