गजल - यो सेयर बजार हो

धेरै  नै  मक्ख  नपर्नुस  यो  सेयर  बजार हो 

बेलै मा नाफा गर्नुस बुक यो सेयर बजार हो 

 

हल्ला  को  पछाडी  लागेर खरिद गर्ने होईन्

यहाँ हर कोई बोल्छन झुठ यो सेयर बजार हो 

 

जाने देखी अरु केहि काम गर्नै पर्दैन ए हजुर्

पैसा   आउंछ   फुत फुत  यो सेयर बजार हो 

 

हतारिएर  थोरै   नाफा  मा बेची हाल्नु भन्दा

बोनस  खानुस जुगौ जुग यो सेयर  बजार हो 

 

स्वभावै  यस्तै हो  बजार को नआत्तीनु होला

थुक  निलाउंछ  घुट  घुट यो  सेयर बजार हो

 

हिजो सम्म काम नलाग्ने भनेर सोचेको चिज्

आज लाग्छ फालीएछ त्रुप यो सेयर बजार हो 

उज्ज्वल उजागर गौतम

 

प्रतिक्रिया