पछिल्लो २४ घण्टामा थप १५११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार २०८ पीसीआर र ३९७१ एन्टीजेन गरि १५ हजार १७९ जनाको कोरोना परीक्षण हुँदा १५११ जनालाई संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६८९ जना कोरोनामुक्त भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख १० हजार ८९९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमित २५ हजार ७७२ जना छन् । यसैबीच आज थपिएकाम संक्रमितमध्ये काठमाडौंका २९३, ललितपुर ९८ र भक्तपुरमा ३९ जना रहेका छन् ।