प्रिओपन सेसनमा ३३ कम्पनीको शेयर कारोबार,करिव २ अङ्कले बढ्यो नेप्से

काठमाण्डौ । आइतबार अर्धशतक हाराहारीले बढेको बजार सोमबार ९ अङ्कले घटेको थियो भने मंगलबार प्रिओपन सेसनमा करिव २ अंकले बजार बढेको छ । योसँगै समग्र बजार २०७८ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ३३ कम्पनीको शेयर खरिद बिक्री हुँदा ९ लाख ६८ हजार भन्दामाथि शेयर किनबेच भएको छ । कारोबार भएका मध्य १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । 

करिव एक दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेर कारोबार हुँदा हिमालयन डिष्टिलरीको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ भने जलविद्युत र बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

बजारमा पछिल्लो समय तरलता सहज भएसँगै शेयर बजारले गति लिन थालेको छ । ३२ सयको विन्दुमा रहेको बजार निरन्तर ओरालो लागेर १८ सयको विन्दु सम्म पनि आएको थियो ।  
 

 

प्रतिक्रिया