पाँच दिनदेखि बेपत्ता नवलपरासीकी विनिता शर्मालाई खोजी गरिदिन परिवारको आग्रह

काठमाण्डो - भाद्र १५ गतेदेखि बेपत्ता नवलपरासी देवचुली नगरपालिका वडा नं १७ फारमकी १९ की युवती विनिता शर्मालाई खोजी गरिदिन परिवारले आग्रह गरेको छ । 

भाद्र १५ गते मध्यानबाट हराएकी युवती आज सम्म पनि परिवारको सम्पर्कमा आएकी छैनन् । इलाका प्रहरी कार्यालय नवलपरासीले आफ्नो तर्फबाट सक्दो खोजी कार्य गरिए पनि अहिले सम्म प्रगती नभएको अनुसन्धान हेरीरहेका प्रहरी कृष्ण शाहले आर्थिक सन्देशलाई जानकारी दिनु भयो । 

उनीसँग भएको मोवाईल अहिले अफ भएका कारण समेत खोजी कार्य गर्न कठिन भइरहेको प्रहरीको भनाई छ । 

 19 बर्षे  बिनिता  मंगलबार बिहान साढे ११ बजे घरबाट साथीले बोलाएको छ भन्दै शाश्वतधाम भनी रातो ईलेक्टोनिक स्कुटरमा निस्किएकी थिइन् ।

चार दिन सम्म पनि घर नफर्किएपछि परिवारले फेसबुक मार्फत बिनितालाई खोजीदिन आग्रह गरेका हुन् । भाद्र १५ गते साँझ पिप्रहरमा गाउँका केही भाईहरुले स्कुटी मात्र देखेपछि परिवारलाई जानकारी गराएका थिए ।

स्कुटर मात्र त्यहाँ रहेको तर विनिता भने अझै परिवारको सम्पर्कमा आएकी छैन्न ।

कसैले उनलाई देखेमा प्रहरी कार्यालय वा निम्न नम्वरहरुमा सम्पर्क गरिदिन हामी विनम्र अनुरोध गर्दछौं । 

9860032029 (बिनिताको घर)

9844710494 (नारायण पङेनी, अङ्कल)

9847462644 (सुजन सापकोटा, दाइ)

9811915024 (गणेश सुवेदी, अङ्कल)

9840671196 (सुबास सापकोटा, अङ्कल)

9863697830 (ओम जी, अङ्कल, काठमाडौं)

बिनु तिमी कहाँ छौ? हाम्रो सम्पर्कमा आउ । तिमीमाथी हाम्रो यति भरोसा थियो, अहिले पनि छ, सधै सधै रहनेछ.. त्यसैले यत्तिका...

Posted by Dipawali Sharma on Friday, September 3, 2021

 

प्रतिक्रिया