अपी पावरमा अन्तिम दिन सम्म कति पर्यो आवेदन ?

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले चैत्र २५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ ।

सीडिएसका अनुसार कम्पनीको हकप्रदमा आज (मंगलबार) साँझ ५ बजेसम्ममा एक लाख ४३ जनाले ६३ करोड ३० लाख ५४ हजार ८ सय रूपैयाँ बराबरको ६३ लाख ३० हजार ५ सय ४८ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रदमा वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय