लगानीकर्ताको सुखी एक दिन पनि टिकेन,बिहीबार दोहोरो अङ्कले घट्यो बजार  

काठमाण्डौ । निरन्तर ओरालो लागेर बुधबार बढेको बजार आज बिहीवार भने दोहोरो अङ्कले घटेको छ । 

आज नेप्से परिसूचक १७ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २०६२ विन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने १ अर्ब ४७ करोडमाथि पुगेको छ । आज बजारमा २२९ कम्पनीको शेयर खरिद बिक्री भएको थियो । जसमध्ये अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको छ । 

कुमारी बैंकको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार हुँदा उपकार लघुवित्तको शेयर मूल्यमा भने सर्किट लागेको छ । त्यस्तै बलेफी जलविद्युत कम्पनीको शेयर सर्किट लेवलमा कारोबार भएको छ । आज ३० हजार भन्दा धेरै पटक शेयर खरिद बिक्री भएको छ । 

आज नेप्सेको सबै उपसूचक रातै भएका छन भने विकास बैंक उपसूचक भने धेरै अङ्कले घटेको छ । 

 

प्रतिक्रिया