काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड वैशाख ९ गते अर्थात आज (शुक्रबार) हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उपकार लघुवित्तको आईपीओ बाँडफाँड बिहान ८ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम नेपाल एसबीआई मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा राखिएको छ।
प्रि allotment सम्पन्न भएसँगै शुक्रबारलाइ बाँडफाँड मितितय भएको हो । सोको लागि अहिले सम्पूर्ण तयारी पूरा भएको समेत प्रबन्धकले जनाएको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो । कम्पनीको शेयरमा माग भन्दा धेरै आवेदन परेको हुँदा गोलाप्रथाबाट भयमानी लगानीकर्ता चयन गरिने छ ।
आइपीओ नितिजाको लागि बाँडफाँड भएको केही समयमा यहाँ क्लिक गरेर आफ्नो नतिजा हेर्न सक्नुहुने छ ।