५ जना भाग्यमानीले श्वेतगंगा हाइड्रोपावरको ११ कित्ता शेयर पाए,यसरी हेर्नुहोस् नतिजा 

काठमाण्डौ । केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । आज एक कार्यक्रमका विच कम्पनीको शेयर बाँडफाँट गरिएको हो । 

कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोही शेयर यस दिन बाँडफाँट गरिएको हो।

निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

सो आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको हो। सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ। अर्थात ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

नजिताको लागि यहाँ जान सक्नुहुने छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय