काठमाडौं - नेपाल र युएई बीचको एक दिवसीय क्रिकेट खेलमा नेपालले ६ विकेटको शानदार जीत निकालेको छ । नेपालले आफ्नो लक्ष ४० ओभर १ बलमा भेटाएको हो ।
यो सँगै नेपालले सिरिज आफ्नो कब्जामा पार्न सफल भएको छ ।
पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा पुरै ५० ओभर खेलेर नेपालको लागि १७७ रनको सामान्य लक्ष्य दिएको थियो ।
नेपालमा ब्याटम्यान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ्ग गरेका छन् । मल्लले ७३ बलमा ६४ रनको योगदान गरेर आउट भए ।