सांकेतिक तस्बिर
बागलुङ: बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ र एकजनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमगोठका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको छ। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
बडिगाड गाउँपालिका–१० दर्लिङमा पनि तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जनाएको छ। ती घरमा मानिस भए/नभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिएका छन्।