स्वयम्भूमा तीन जनाको शव फेला

काठमाडौं - काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो। 

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।

अपडेट

हत्या हुने ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका छन्।

 

प्रतिक्रिया