आउँदो हप्ता एकै दिन २ कम्पनीको आइपीओ निष्कासन हुने

काठमाडौं - आउँदो माघ २६ गते २ कम्पनीको आइपीओ सार्वजनिक हुने भएका छन् । लामो समयपछि अनुमति पाएका कम्पनीहरुले धमाधम आइपीओ निष्कासन गरिरहेका छन् । 

इनर्जी नेपालले माघ २६ गतेबाट प्राथमिक शेयर निष्कासन खुल्ला गर्ने छ । कम्पनीको आइपीओ मा छिटोमा फागुन १ गते सम्म आवेदन दिन सकिने छ भने त्यो अवधिमा आवेदन पूर्ण नभए फागुन ११ गते सम्म मिति थप गरिने छ । 

कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता शेयर निष्कासन गर्दै छ । जसमा ११ हजार १ सय १२ कित्ता कर्मचारीको लागि,२७ हजार सात सय ८० कित्ता म्यूचुवल फण्ड र बाकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने छ । 

यसै बिच आउँदो माघ ७ गतेदेखि बलेफी हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं २, ३, ४ का बासिन्दाहरूका लागि र बाँकी ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं ७ का बासिन्दाहरूका लागि छुट्याइएको छ ।

उक्त आइपीओमा छिटोमा फागुन १२ गतेसम्म र उक्त समयमा पूर्ण आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया