फेरि बढ्यो कोरोना संक्रमण,यस्तो छ २४ घण्टाको अपडेट

काठमाण्डौं - पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २२७९ जना र एन्टिजेन परीक्षणबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो । 

 

२४ घण्टामा जम्मा १३ हजार ८११ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण १० हजार ६१३ र एन्टिजेन परीक्षण ३ हजार १९८ भएको मन्त्रालयले जानकारी दिएको छ । 

 

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९२५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

 

हालसम्म पिसिआर विधिबाट ६ लाख ९९ हजार ६४९ जना र एन्टिजेन ६२ हजार ७८३ विधिबाट जनामा कोरोना पुष्टि भएको छ । 

 

कोरोना मुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ । 

 

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८९८ पुगेको छ । 

 

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ । 

प्रतिक्रिया