नेपाली चेलीहरुको सानदार जीत

काठमाडौं- च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ।

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।

पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६-२४ ले नै विजयी भयो।

तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो। नेपाल २५-१५ ले विजयी हुन सफल भयो। 

चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो। चौथो सेट २४-२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २-२ को बराबरीमा ल्यायो।

प्रतिक्रिया