काठमाडाैं - नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड महसुल नबुझाएका उद्योगहरूमा काटिएको लाइन पुनः जोड्ने निर्णय गरेको छ।
मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा उद्योगहरूको लाइन पुनः जोड्न र बाँकी महसुल असुल गर्न सहमति गरिएको छ। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मन्त्रिपरिषद्को निर्णय र ऊर्जा मन्त्रालयको लिखित निर्देशनपछि यो निर्णय भएको हो।
घोषले भने, "उद्योगहरूमा लाइन पुनः जोड्ने विषयमा दुईमत छैन, निर्णय भइसकेको छ। बाँकी महसुल असुल्ने सरकारको निर्णय पनि बोर्ड बैठकबाट टुंगिएको छ।"