गुल्मीमा अविरल वर्षासँगैको पहिरोले चारजनाको मृत्यु, दुई घाइते

गुल्मी: अविरल वर्षासँगैको पहिरोले घर पुरिदा गुल्मीमा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनाका विष्णु बिक र हुकुम बिकको घर पहिरोले बगाउँदा घरमा रहेका चारजनाको मृत्यु भएको हो।

आज बिहान ९ बजेको समयमा घरमा माथिबाट आएको लेदो सहितको पहिरोले घर पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते भएका दुईजनाको अहिले स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

जिल्ला प्रशासन र स्थानीय बासिन्दाको सहयोगमा पहिरो प्रभावित क्षेत्रमा उद्धारकार्य जारी छ। पहिरोको कारणले बस्तीमा डर र चिन्ता बढेको छ र स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया