काठमाण्डौ । यस भन्दा अगाडि केही गीतहरूमा उत्कृष्ट सहकार्य गरेका युवाहरू अर्जुन सापकोटा र कृष्ण बस्यालको जोडीले नयाँ गीत बेइमानी भर्खर मात्र सार्वजनिक गरेका छन ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । गीतलाई कृष्ण बस्यालले शब्द कोरेका हुन भने अर्जुन बस्यालले लय सिर्जना गरेका छन । शान्ती श्री परियार र अर्जुन सापकोटाको आवाज रहेको गीतलाई कृष्ण विकले संगीत संयोजन गरेका छन ।
चित्र मास्के मगरको निर्देशन रहेको गीतमा रमेश थापा,अर्जुन सापकोटा र रुविना अधिकारीको अभिनय रहेको छ । नवीन घर्ति मगरको सम्पादन रहेको गीतलाई प्रकाश खड्काले भिडियो खिचेका हुन ।