काठमाडौँ - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से ०.२५ अंकले बजार घटेको छ ।
यो हप्ता लागेसँगै नेप्से निरन्तर उकालो लागिरहेको छ । बुधबार दोहोरो अंकले बढेको बजार आज भने सुरुमा सामान्य घटेको छ ।
आज कारोबार भएका धेरै जसो कम्पनीको शेयर मूल्य पढेको छ । आज यो सेसनमा ३५ कम्पनीको कारोबार भएको छ । जस मध्य १४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा २१ लाख भन्दा धेरैको शेयर खरिद विक्रि भएको छ ।