काठमाडौं । कास्कीमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरिएको भएपनि नातिनी रानाभाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोमा परी पोखरा(२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रितुको अवस्था गम्भीर छ । हरी सुनार र ९ वर्षीय छोरी अंजली सुनारलाई सकुशल उद्धार गरिएको छ । अनलाईन खवरको सहयोगमा