• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • मुख्य खबर ,
  • प्रदेश / स्थानीय

जीप दुर्घना हुँदा ३ जनाको ज्यान गयो,३ गम्भीर भाइते

बैतडी । बाढी पहिरोले जनतालाई आजित पारिरहेका बेला दुर्घनाको खवर समेत सार्वजनिक भएको छ । 

आइतबार विहान बैतडिमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो। घाइतेको उपचारको लागि अस्पताल लैजादै गर्दा ज्यान गएको प्रहरी जनाएको छ । 


आज विहाना  सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जादै गरेको से १ ज ७३९ नम्बरको जीपमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । 

घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । 
 

प्रतिक्रिया