लैङ्गिक विभेदमाथि भागिरथको कलम: यसरी तीज गीतमा उतारे समाजको कथा (भिडियो सहित)

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरू सार्वजनिक हुने क्रम तीव्र भएको छ। यस वर्ष मात्र २ सयभन्दा बढी तीज गीतहरू सार्वजनिक भएका छन् भने केही गीतहरू सार्वजनिक हुने क्रममा छन्। यस्ता गीतहरूले अत्यधिक लगानी त गरेका छन् तर आम्दानी भने नगन्य मात्रामा हुने गरेका छन्।

तीजलाई नै विषय बनाएर गायक भागिरथ चलाउनेले यस वर्ष तीनवटा गीत सार्वजनिक गरेका छन्। पहिलो गीत "दिन बरिलै" विवादमा आए पनि हालै मात्र सार्वजनिक गरिएको गीत "पाउँदिन म छोरी" ले धेरैको प्रशंसा पाएको छ। यस गीतले समाजमा रहेको लैङ्गिक विभेदको विषयलाई उठान गरेको छ।

गीतमा भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ। गीतको सिर्जना चलाउने आफैंले गरेका हुन्। विनोद बाजुरालीले संगीत संयोजन गरेको यो गीतको निर्देशन लोमश शर्माले गरेका छन्। लोमश शर्मा र स्मरिका ढकालसहित अन्य कलाकारहरूले गीतमा अभिनय गरेका छन्।

 

प्रतिक्रिया