काठमाडौं । पछिल्लो समय आईपीओ बाँडफाँड निकै छिटो हुने गरेको पछिल्ला केहि कम्पनीको शेयर बाडफाँडले देखाएको छ । केहि दिन अघि मात्र जाल्पा सामुदायिक लद्युवित्तको शेयर बाँडफाँड भएको थियो भने बिहिबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट आज बुधबार सम्पन्न भएको छ । राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८।४२ गुणा बढी आवेदन हो । यसको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ३८।४२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ । यसमा कुल २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।