देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले देशभर मौसम साधारणतया बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ, जबकि बाँकी प्रदेशका एकदुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली, र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा पनि हुनसक्ने सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।

आज बिहान सूर्योदय ५ बजेर ३३ मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ६ बजेर ४३ मिनेटमा हुनेछ।

प्रतिक्रिया