काठमाण्डौ । आइपीओका लगानीकर्ताले पहिलो दिन मै २ सय प्रतिशत भन्दा धेरै मुनाफा कमाएका छन । नेपाल स्टक एक्सचेञ्जमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएसँगै लगानीकर्ता मालामाल भएका हुन ।
यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन कम्पनीको शेयर कारोबार भएको हो।
कम्पनीको शेयरलाई नेप्सेले डिओआरदीआई कारोबार संकेत प्रदान गरेको छ।