अध्यक्ष छनोट विवादमा सर्वोच्चको अन्तरिम आदेश, लिखित जवाफ माग

ठमाडौँ। सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ माग गरेको छ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए। अर्थ मन्त्रालयले रद्द गरेको निर्णय गैरकानुनी भएको भन्दै श्रेष्ठले रिट दायर गरेका थिए। यो विवादका बीच सोमबार बसेको मन्त्रिपरिषद्ले नयाँ समिति गठन गर्ने निर्णय गरेको थियो।

अध्यक्ष छनोट प्रक्रियामा कानुनी अड्चन आएको भन्दै अर्थ मन्त्रालयले प्रक्रिया रोकेको थियो। छनोट समितिले पहिलो चरणमा १९ जनाबाट पाँच जनालाई छानेको थियो। अन्तर्वार्तामा दुई जना मात्र उपस्थित भएपछि प्रक्रिया रद्द गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय