काठमाण्डौ । केहि समय भारत विद्युत निकासी गरेको विद्युत प्राधिकरणले आन्तरीक लोड थान्नको लागि फेरी आयात बढाएको छ । माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुरु हुन थालेपछि नेपालले भारत निकासी गर्न सुरु गरेको थियो ।
अहिले भारतबाट १ सय ८० मेगावाट विद्यतु नेपालले खरिद गर्न थालेको छ । नेपालमा सुख्खा याम लागेसँगै विद्युत उत्पादन घटेपछि नेपाललाई विद्युत अभाव भएको हो । कार्तिक १७ गतेबाट नेपालले भारत ३९ मेगावाट विद्युत निर्यात गरेको थियो । नेपालमा नदी बहाउमा आधारीत भएको हुँदा यो समयमा विद्युत अभाव हुने गरेको छ ।
नेपालका नदीहरू वर्षायाममा उच्च बहाउमा बहने गर्छन् । वर्षायाममा आकाशे पानी निकै पर्ने भएकाले सोही पानी बगेर नदीको बहाउ बढ्ने गर्छ । सुख्खायाम लागेपछि वर्षा कम हुँदा नदीमा पानीको मात्रा पनि निकै घट्छ । सुख्खायाममा नदीको बहाउ हिमालको हिउँमा आधारित हुन्छ र कम बहाउ भएको समयमा उत्पादन क्षमता स्वाट्टै घट्छ ।
हाल सञ्चालनमा रहेका आयोजनामध्ये माथिल्लो तामाकोशी सबैभन्दा ठूलो हो । यो आयोजनाको क्षमता ४५६ मेगावाट हो । तर, सुख्खायाममा उत्पादन