रामबहादुर बमजनलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर, सजाय निर्धारण बाँकी

काठमाडौं : सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा "लिटिल बुद्ध" भनिने 'तपस्वी' रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ।

अदालतले बमजनलाई दोषी ठहर गरे पनि सजाय निर्धारण भएको छैन। अर्को इजलासले १७ असारमा सजाय निर्धारण गर्नेछ।बमजनमाथि आश्रममा बस्ने अनुयायीको हत्या, अपहरण तथा यौनहिंसा गरेको आरोप छ।

बमजनलाई पक्राउ गरी पुर्पक्षका लागि महोत्तरी कारागार जलेश्वरमा राखिएको छ।

प्रतिक्रिया