काठमाडौं - आज देखि शेयर निष्कासन गरेको न्यादी हाइड्रोपावर कम्पनीको (आईपीओ)मा आवेदन दिनेको ओइरो लागेको छ । हाइड्रोपावरको (आईपीओ)मा पहिलो दिनमै माग भन्दा बढि आवेदन परेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । आज शुक्रबार साँझ सम्ममा ३ लाख ९० हजार ३ सय ७५ जना आवेदकबाट ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको ५० लाख ७१ हजार ६४० कित्ता सेयरको आवेदन परेको छ जुन मागको दोब्बर भन्दा पनि बढि हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २९ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।