काठमाण्डौ । अत्याधिक रुचिका साथ खाइने पानीपुरी अब ललितपुरमा नपाइने भएको छ ।
आज मात्र ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक लगाएको छ । हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।
आजदेखि माइकिङ गर्दै नगर प्रहरीले पानी पुरी बेच्न रोक लगाएको हो। यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने र दिनै पर्ने भएमा चेक गरेर मात्र बेच्न दिने नगर प्रहरी प्रमुख हाथेछुले सेतोपाटीलाई जानकारी दिए।
यसअघि काठमाडौंको बागबजारमा पानीपुरीको पानीबाट हैजा फैलिएको स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको थियो।