काठमाण्डौ । पछिल्लो समय प्राथमिक शेयर तर्फ धेरै कम्पनीहरूको ध्यान गइरहेको छ । धितोपत्र बोर्डमा प्रमुख नहुँदा अहिले प्राथमिक शेयरको निष्कासन रोकिए पनि शेयर निष्कासन गर्ने लाइनमा रहेका कम्पनीको संख्या ३ दर्जन माथि पुगेको छ ।
यसै बीच प्रतिष्ठित कम्पनी अम्बे स्टील्सले प्रिमियम मूल्यमा प्राथमिक शेयरको निष्कासन गर्ने भएको छ । सोही प्रयोजनका लागि कम्पनीले फागुन २३ गते साधारण सभा समेत बोलाएको छ ।
कम्पनीले प्रिमियममा प्राथमिक शेयर निष्कासनको निर्णय गर्ने छ । कम्पनीले छड,पाइप र जिआई तार लगायतका सामाग्री उत्पादन गर्दै आएको छ ।