मन्दाकिनी हाइड्रोपावर शेयर बाँडफाँट,यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यलय नक्सालमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ जनाले १ करोड ६९ लाख १६ हजार ९८० कित्ताको लागि आवेदन परेको थियो । त्यसमध्ये १ हजार ६६५ जनाको आवेदन रद्द भएको छ ।

त्यस अनुसार १५ लाख ४६ हजार २८४ जनाको योग्य आवेदन १ करोड ६८ लाख ९८ हजार १८० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १५.४५ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण भएको छ । त्यस अनुसार एक लाख ९ हजार ३७४ जना आवेदकलाई १० कित्ताको दरले १० लाख ९३ हजार ७४० कित्ता शेयर वितरण गरेका छन् ।

त्यस अनुसार बाँकी रहेको ९ कित्ता शेयर, शेयर पाएका मध्येबाट योग्य आवेदकले थप एक कित्ता शेयर पाएका छन् ।

नतिजाको लागि https://iporesult.cdsc.com.np/

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय