काठमाडाैं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन सदस्य मृत फेला परेका छन्। मृत फेला परेका व्यक्तिहरूमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान, र दुई महिनाका छोरा छन्।
प्रहरी स्रोतका अनुसार, घटनाबारे जानकारी दिन सीताको श्रीमान् कान्छा नगरकोटीले श्रीमती र छोराछोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। अनुसन्धानको क्रममा कोठाभित्र बन्द अवस्थामा उनीहरू मृत फेला परेका हुन्।
हाल घटनास्थलमा प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं, र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेका छन्। शवको मुचुल्का तयार भइरहेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक टोली पनि घटनास्थलमा पुगेकोछ।