काठमाडौं– प्रभु इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साधारण सभा आगामी चैत ३० गते डाकिएको छ । सभाले सञ्चालक समितिको ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले चैत १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै चैत १६ गतेसम्म कम्पनीको सेयर होल्ड गर्ने तथा खरिद गर्नेले उक्त लाभांश पाउनेछन् ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ नाघ्ने छ ।