कोरोना संक्रमित भन्दा निको हुने तीन गुणा धेरै

काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर १०९५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९७५ पीसीआर परीक्षणबाट र १२० एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा १० हजार ७८६ नमुनाको पीसीआर परीक्षण र ३ हजार ३१ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १३ हजार ८१७ गरिएको छ । 

२९५७ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। 

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २२ हजार ३२३ छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८५ हजार ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८९ हजार ०८८ पुगेको छ । 

 

हालसम्म ७ लाख ४२ हजार १७० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४८ पुगेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय