पल शाहलाई १४ बर्ष जेल सजायको माग,४ लाख जरिवाना

काठमाडौं - नायक पल शाहलाई १४ वर्ष जेल सजाएको माग सहित मुद्धा दायर गरिएको छ । 

नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा दायर गरेको हो  । नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।

अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ ।उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

घटना छँदा ‘पीडित’ नाबालिग १६ वर्षभन्दा मुनि भएको अभियोगपत्रमा जनाइएको छ ।

पीडितको हालको उमेर १७ वर्ष भए पनि घटना हुँदा १६ वर्षभन्दा कम उमेर भएको आधारमा बढी सजाय माग भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय