काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले जेष्ठ १२ गतेदेखि निष्काशन गरेको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो एक बन्दमुखी योजना हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सयदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने छ । उक्त फण्डको इकाईमा आवेदन दिने आज जेठ २६ गते अन्तिम दिन हो ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।