अर्जेवामा राति परेको चट्याङले स्थानीय घाइते, विद्युतीय सामाग्रीमा ठूलो क्षति

काठमाडौं — जैमिनी नगरपालिका-6 अर्जेवामा हिजो राति करिब १०:३० बजे परेको चट्याङले ठूलो भौतिक क्षति पुर्‍याएको छ। अर्जेवाको चिलाउने खर्क र पुमे क्षेत्रमा चट्याङले व्यापक असर पुर्‍याएको स्थानीयको भनाइ छ।

स्थानीयले दिएको जानकारी अनुसार धेरै घरका मिटर बक्स जलेका छन् र तीन जना घाइते भएका छन्। पुमे देउराली निवासी अम्बिका आचार्य तीन घण्टा बेहोस भएकी थिइन्, साथै उनको घरमा पनि क्षति पुगेको छ। त्यस्तै मनिषा आचार्य र टीकाराम आचार्य समेत घाईते भएको स्थानीयको भनाइ छ । 

वडा अध्यक्ष कृष्ण थापाका अनुसार यस घटनाको जानकारी प्राप्त हुनासाथ तत्कालै सहयोगी टिम पठाइएको छ। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पनि स्वास्थ्य टोली सहित आवश्यक सहयोगका लागि तुरुन्त पहल गरिने बताएका छन्। हाल घाइतेहरूको अवस्था सामान्य रहेको छ भने भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन। अहिले त्यहा विद्युत सेवा अवरुद्ध भएको छ । 

प्रतिक्रिया