चालू आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूले १० अर्ब २६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। बैंकहरूले मात्र ९ अर्ब १७ करोड मुनाफा आर्जन गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरूले क्रमशः ८५ करोड ४० लाख र २३ करोड ६० लाख आर्जन गरेका छन्।
बैंकहरूमध्ये सबैभन्दा बढी मुनाफा ग्लोबल आइएमई बैंकले ८९ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ। दोस्रो स्थानमा नबिल बैंकले ८० करोड ३३ लाख र तेस्रोमा कृषि विकास बैंकले ७१ करोड २० लाख मुनाफा आर्जन गरेका छन्।
विकास बैंकहरूमध्ये शाइन रेशुङ्गा विकास बैंकले २० करोड २० लाख मुनाफा आर्जन गरेर अग्रस्थानमा छ भने मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले क्रमशः १६ करोड ९६ लाख र ९ करोड ४० लाख मुनाफा आर्जन गरेका छन्।
फाइनान्स कम्पनीहरूमध्ये प्रोग्रेसिभ फाइनान्सले ८ करोड ८३ लाख मुनाफा आर्जन गरेर पहिलो स्थानमा छ भने आइसीएफसीले २ करोड ८५ लाख र गुहेश्वरी मर्चेन्टले २ करोड ५९ लाख मुनाफा आर्जन गरेका छन्।