म्युजिक नेपालको आइपीओ आउने

काठमाडौं - नेपालमा पूँजी संकलन गर्ने सबैभन्दा सहज माध्यम भनेको आइपीओ हो । धेरै कम्पनीहरुले यही माध्यमबाट अर्बौ रकम संकलन गरिरहेका छन् । 

आइपीओ निष्कासन गर्नेको सूचीमा म्युजिक नेपालले पनि थालिएको छ । हजारौं गीतको अधिकार भएको म्युजिक नेपालको ५० लाख भन्दा धेरै युट्युब सदस्य समेत छन् । 

नेपालको पहिलो सङ्गीत कम्पनी म्युजिक नेपालले पनि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । पब्लिक कम्पनी बनेसँगै म्युजिक नेपालले आईपीओ निष्कासन गर्न एनआईसी एशिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवासँग सहकार्य गरेको छ ।

आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि एनआइसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएकाे छ ।

यो आईपीओ निष्कासनसँगै म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सङ्गीतक्षेत्रको पहिलो कम्पनी बन्नेछ । जसले गर्दा भावी दिनहरूमा यस कम्पनीसँग आवद्ध हुन इच्छुक सम्पूर्ण स्रष्टा–कलाकार तथा सङ्गीतप्रेमीहरूका लागि नयाँ सम्भावनाको ढोका खुल्ने कम्पनीले जनाएकाे छ । 

प्रतिक्रिया