आइपीओमा फेरि आकर्षण बढ्यो,पहिलो दिन मै ३ गुणा बढी आवेदन

काठमाडौं - केही समय अघि आइपीओ आवेदन सुस्ताएको थियो तर पछिल्लो समय फेरि उत्साहजनक आवेदन पर्न लागेको छ । 

सुपरमाई हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते देखि निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ५ः०२ बजेसम्ममा २ लाख ८७ हजार ८५९ जना आवेदनबाट ३२ करोड ५८ लाख ४६ हजार रुपैयाँ बराबरको ३२ लाख ५८ हजार ४६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ७.८१ गुणा बढी हुन आउँछ ।

प्रतिक्रिया