पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने दोब्बर बढी रहेका छन् । २४ घण्टामा ८ हजार ६२८ जनामा गरिएको परीक्षणमा जम्मा २७५ जनामा संक्रमण पुष्टि भएको छ । तर निको हुनेको संख्या भने ५५५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  


मन्त्रालयका अनुसार सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर सक्रिय संक्रमित ९ हजार २८० जना रहेका छन् ।

प्रतिक्रिया